काठमाण्डौ । प्रभु बैंक लिमिटेड र सीजी मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार सीजी मोटर्सबाट ग्राहकलाई सीजी मोटर्सले आयात गरेको नेटा भी मोडेल÷ब्रान्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ।
हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ।
यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
1 day ago
1 day ago
1 day ago