काठमाण्डौ । प्रभु मनी ट्रान्सफरले ग्राहकका लागि चाडपर्वका अवसरमा ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना सार्वजनिक गरेको छ।

यसपालिको दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रभु मनी ट्रान्सफरले यो योजना ल्याएको हो। यस योजनामा प्रभु मनी ट्रान्सफरबाट सेवा लिने ग्राहकहरु प्रत्यक्ष रुपमा भाग लिन सक्नेछन्।

यस योजनाअन्तर्गत प्रत्येक दिन एकजना ग्राहकले ७ हजार रुपैयाँ पुरस्कार जित्न सक्नेछन्। 

यो योजना असोज १४ गते (सेप्टेम्बर ३०) देखि असोज २४ गते (अक्टोबर १०) सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।