काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटडले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने भएको छ । 

काठमाडौँको कमलादीस्थित केन्द्रीय कार्यालय रहेको कम्पनीको आउँदा असार २६ गते हुने दोस्रो वार्षिक साधारणसभाले कम्पनीको प्रबन्धपत्र तथा निमायवलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सोही संशोधनमा कम्पनी रजिस्ट्रारको कार्यालय, बीमा समिति वा अनय नियमनकारी निकायले फेरबदल गरेमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियार दिने विशेष प्रस्ताव पनि साधारणसभाले पारित गर्ने छ । 

साधारणसभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन पनि पारित गरिनेछ ।

त्यस्तै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह वितरणलगायत वित्तीय विवरण पनि साधारणसभाबाट स्वीकृत हुनेछ ।