काठमाण्डौ। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष सुभाष अमात्यले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। 
नवनियुक्त अध्यक्ष अमात्ले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आज सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहणसँगै आज उनले कार्यभार सम्हालेका छन्।

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले संस्थापक सेयरधनीहरुबाट सञ्चालकमा प्रतिनिधित्व गर्दै आएका अमात्यलाई अध्यक्षमा चयन गरेको हो। 

यसअघि अध्यक्ष रहेका डा.आत्माराम घिमिरेले आज (चैत १६ गते)देखि लागू हुने गरी व्यक्तिगत कारणले राजीनामा दिएका थिए। 

२०७४ मंसिर २८ गतेबाट सञ्चालनमा आएको प्रभु लाइफले देशभरका १०० वटा शाखा तथा उपशाखा कार्यालयहरुबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ।