काठमाण्डौ। प्रभु बैंक लिमिटेडले ग्राहकले दि क्लिफ प्रालिमा आकर्षक छुट पाउने भएका छन्।
प्रभु बैंक र दि क्लिफबीच आज (असार ५) गते छुट सम्झौता भएको हो। प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी शान्ति शेरचन र दि क्लिफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वरध्वज कार्कीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
प्रभु बैंक र दि क्लिफबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकले दि क्लिफद्वारा सञ्चालित स्काई साइक्लिङ, स्काई क्याफे, तथा स्काई ग्लाइडिङ गतिविधिमा १० प्रतिशत छुटका साथै बन्जी जम्पिङ र स्विङ गतिविधि बुकिङ गर्दा यी ६ गतिविधि (स्काई चियर, विइसिङ ह्यान्ड, हर्स राइडिङ, क्रेज ब्रिड्ज, जाइन्ट पिङ तथा फ्यामिली पिङ) मध्य कुनै एक गतिविधिमा निःशुल्क सेवा प्राप्त हुने भएको छ।
उतm सम्झौताअन्तर्गत दि क्लिफमा सुविधा लिन चाहने प्रभु बैंकका सम्पूर्ण ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दि क्लिफका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ।
24 minutes ago
47 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago