काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले प्रदान गर्ने विभिन्न सेवालाई ग्राहकले छिटो, छरितो तथा सहज तरिकाबाट प्राप्त गर्न सक्नुहोस् भन्ने उद्देश्यका साथ ‘प्रभु क्यापिटल डिजिटल एप’ निर्माण गरी असार २३ गतेबाट सञ्चालनमा ल्याएको छ। 

यो मोबाइल एपबाट ग्राहकले अनलाइनबाटै हितग्राही खाता तथा मेरो सेयर अनलाइन सेवाका लागि आवेदन दिन, भिडियो केवाईसी गर्न, हितग्राही खाताको विवरणहरु परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो सेयरको नवीकरण शुल्क भुक्तानी गर्न, मेरो सेयरको पासवर्ड परिवर्तन गर्न निवेदन तथा हितग्राही खाताको स्टेटमेन्ट माग गर्न सक्नेछन्। 

यस्तै मोबाइल एपबाट लगानी व्यवस्थापन सेवामा जोडिनका लागि उपलब्ध योजनामा आवेदन दिन सकिने सुविधा पनि यो एपमा रहेको छ। यस मोबाइल एपबाट ग्राहकहरुले नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीहरुको कारोबारको विवरण तथा विभिन्न परिसूचकको अवस्थाका बारेमा हेर्न पाउने सुविधा रहेको छ। 

ओम्निच्यानल प्रविधि प्रयोग गरेर बनाइएको यस एपबाट ग्राहकले प्रभु क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता खोल्नुका साथै आफूलाई पायक पर्ने समयमा भिडियो केवाईसीका लागि समय लिई सो समयमा भिडियो केवाईसी सम्पन्न गर्न सक्नेछन्। यसका साथै आफ्नो डिम्याट खातालाई लिंक गरेर डिम्याट खाता तथा मेरो सेयरसम्बन्धी सम्पूर्ण सेवा मोबाइलबाटै लिन सक्नेछन्। 

प्रभु क्यापिटलले नेपाली पुँजीबजारको क्षेत्रमा सदैव नयाँ–नयाँ प्रविधिको विकास गरी नवप्रवर्तन तथा ग्राहकलाई सहजीकरण गर्दै आएको छ। यो प्रविधिको प्रयोगबाट प्रभु क्यापिटलका ग्राहकले प्रभु क्यापिटलबाट प्राप्त गर्ने अन्य विभिन्न सेवाहरुका बारेमा जानकारी प्राप्त गर्नुका साथै विभिन्न सेवाहरु प्राप्त गर्न सक्नेछन्। 

यो मोबाइल एपलाई क्यापिटलले आफ्नै कार्यालयमा स्थापना गरिएको सर्भरमा होस्टिङ गरिएको र यसलाई विभिन्न चरणमा यसको सुरक्षाजाँच तथा सुरक्षाको जोखिम परीक्षणपश्चातमात्रै सञ्चालनमा ल्याइएको हुँदा सुरक्षाको दृष्टिकोणबाट एकदमै सुरक्षित रहेको छ।