काठमाण्डौ । बालबालिकाको उज्जवल भविष्यका लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर ‘होस्टे हैँसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीलाई ‘हजुरको छोराछोरीका लागि लगानीसँगै शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग’ भन्ने मूल नारासहित शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन् भन्ने उद्देश्यका साथसहित बाल दिवसको शुभ अवसर पारेर ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना सुरुआत गरेको छ। यसै विषयलाई लिएर हाल प्रभु क्यापिटलले ‘आशा’ नामको जनचेतनामूलक भिडियो पनि सावर्जनिक गरेको छ। 

यो भिडियोमा मुख्य पात्र आशाजस्तै कैयौँ लगानीकर्ता, जसले प्रभु क्यापिटलको पीएमएसबाट सेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रवृतिमा अध्ययन गरिरहेका छन् र प्रभु क्यापिटलले यो संख्या दिनप्रतिदिन थपिदै गएको जानकारी दिएको छ। 

यस भिडियोमा व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुआत गरेको प्रभु क्यापिटलले यो योजनामा जोडिएर व्यक्तिले आफ्नो छोराछोरीको उज्ज्वल भविष्यका साथ सामाजिक कार्यमा सहयोगी बन्न सक्ने भन्ने जानकारी दिएको छ ।

प्रभु क्यापिटलको यो लिटिल च्याम्प पीएमएस भर्खरै जन्मिएका बच्चादेखि १८ वर्षसम्मका छोराछोरीको सुरक्षित भविष्यका लागि सुरु गरेको हो। जसमा नानीबाबुहरु पीएमएस सेवा लिनका लागि जोडिएपश्चात क्यापिटलले एक पीएमएसबापत १ जना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ। 

प्रभु क्यापिटलको नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपालभरि रहेका शाखाका साथै प्रभु क्यापिटलको डिजिटल एपबाट समेत यो योजनामा सहभागी हुन सक्नेछन्। यसरी सहभागी भएका सेवाग्राहीले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको ई–मेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ। 

यो सेवाका बारेमा थप जानकारी लिन चाहने सेवाग्राहीले प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com का साथै फोन नं. ०१–५९७०२०० तथा मोबाइल ९८४००७६२०० मा सम्पर्क गर्न सक्नेछन्।