काठमाण्डौ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ। 

गत भदौ १ गते प्रभु क्यापिटल तथा TRANQUILITY SPA का बीचमा छुट सम्झौता भएको छ। यो सम्झौताअन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले TRANQUILITY SPA बाट सेवा लिँदा ३० प्रतिशत छुट पाउने भएका छन्। 

यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाइलमा Prabhu Capital’s Digital APP Download गरी सोमा रजिस्टर भई आफ्नो डिम्याट खाता लिंक वा कनेक्ट गर्नुपर्छ। हितग्राहीले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको मोबाइल अपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ।  

TRANQUILITY SPA को रजिस्ट्रार कार्यालय काठमाण्डौको लाजिम्पाटमा रहेको छ। असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाबाट प्राप्त गर्न सक्नेछन्। 

यो अफर हालसम्म अप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुनेछ। 

नेपाली पुँजी बजारमा भिडियो केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दछ। 

एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँबाट डाउनलोड गर्न सक्नेछन्।