काठमाण्डौ । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनका लागि प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर प्रदान गर्ने उद्देश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ।
नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले आईपीओ जारी गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि छुटयाई बाडँफाँड गर्नुपर्ने प्रावधान जारी गरेकोले क्यापिटलले निकायको सोही उद्देश्यलाई सघाउ पुर्याउन यो योजना ल्याएको जनाएको छ। श्रम स्वीकृति लिई विदेश रोजगारमा रहेका तथा जान लागेका व्यक्तिहरुको देशप्रतिको योगदानलाई सम्मान गर्दै सोही आरक्षित सेयरमा उनीहरुको सरल र सुलभ पहुँच होस भनी देशलाई रेमिट्यान्समा उल्लेखनीय योगदान गरेकोमा ‘देशलाई योगदान, प्रभु क्यापिटलको सम्मान’ भन्ने स्लोगन सहित क्यापिटलले यो निःशुल्क डिम्याट स्किम सञ्चालनमा ल्याएको हो।
क्यापिटलका अनुसार यो योजनामा डिम्याट आवेदन समावेश हुनका लागि ग्राहकले वैदेशिक रोजगारीका लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएको प्रमाण संलग्न गर्नुपर्नेछ भने परिवारजनको हकमा डिम्याट आवेदन भर्दा नाता प्रमाणित कागजात आवश्यक हुनेछ।
यस योजनामा देश वा विदेशमा श्रम स्वीकृति लिई कार्यरत रहेका तथा जान लागेको नेपालीहरुले संसारको जुनै ठाउँबाट पनि बिना कुनै झन्झट आफू र आफ्नो परिवारको लागि निःशुल्क डिम्याट खाता खोली लाभान्वित हुन सक्नेछन्।
यस योजनामा देश वा विदेशमा रहने नेपालीले स्वयं उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाइन ‘अप्लाई’ गरी भिडियो केवाईसीसहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्नेछन्। व्यक्तिले ‘अनलाइन रिक्वेस्ट’ गर्दा ‘भिडियो केवाईसी’ छनौट गरी आफूअनुकूल समयमा अप्वोइन्टमेन्ट लिई सोमार्फत तुरुन्तै अनलाइन डिम्याट खोल्न सकिने क्यापिटलले जनाएको छ।
प्रभु क्यापिटलको रेमिट्यानस डिम्याट खाताको विशेषताहरु
6 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago