काठमाण्डौ । प्रभु बैंकले आफ्नो २१ औँ वार्षिक साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिमो बुधबार (मंसिर २१ गते) बसेको बैठकले आउँदो पुस १४ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६.५ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश (कर सहित) छन्।
सभाबाट सेञ्चुरी बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ। सेञ्चुरी बैंकलाई प्राप्ति गर्न संयुक्त प्राप्ति समितिले गरेको निर्णयलगायतका सम्पूर्ण कामकारबाही सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।
लाभांश र वार्षिक साधारसभा प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ मंसिर २९ गतेसम्म कायम सेयरधनी मात्र यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुन्छन्।
1 minute ago
58 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago