काठमाण्डौ । प्रभु बैंक लिमिटेडले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधिमार्फत व्यवस्थापन गर्ने उद्देश्यले क्यूआर कोड हस्तान्तर गरेको छ। 

फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज बिहान एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले क्यूआर कोड हस्तान्तर गरेका हुन्। यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत सजिलै दान गर्न सक्नेछन्। 

नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुआत गरिएको हो।