काठमाण्डौ। सिन्धुपाल्चोक जिल्लाको तालमराङ गाउँपालिकास्थित तेर्षे माध्यामिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीले आज आइतबार प्रभु बैंक लिमिटेडको बबरमहलस्थित प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ साक्षरता तथाज्ञान हासिल प्राप्त गरेका छन्। 

बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापको अवलोकन तथा अध्ययनका लागि ५० जनाको संख्यामा आएका विद्यार्थीलाई विभिन्न ५ समूहमा विभाजन गरी बैंकका विभिन्न विभागको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराइएको थियो । स्थलगत अवलोकको समापन समारोहमा विद्यार्थीसँग अन्तक्र्रिया गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्वारा सम्पादन हुने सबै किसिमका कार्यका बारेमा विद्यार्थीले बुझ्ने गरी प्रकाश पारेका थिए। 

बैंकका ब्रान्ड एम्बेस्डर एवं चर्चित गायक÷कलाकार प्रकाश सपुतको उपस्थिति रहेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शेरचनले सहभागी विद्यार्थीलाई कापी, कलमलगायतका शैक्षिक सामाग्रीसमेत प्रदान गरेका थिए। 

उक्त अवसरमा विद्यार्थीले प्रमुख कार्यकारी अधिकृत शेरचनसमक्ष विभिन्न किसिमका बैंकिङ तथा वित्तीय जिज्ञाशासमेत राखेका थिए।

प्रभु बैंकले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागीहुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिकलगायतको सहयोग उपलब्ध गराउँदै आएको छ। आगामी दिनमा प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समाजपयोगी कार्यक्रममा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययन विद्यार्थीलाई विद्यालय तहको बैंकिङ व्यावहारिक ज्ञान प्रदान गरी बैंकिङ क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउन प्रतिबद्ध जनाएको छ।