काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो जेठ ६ गते बिहीबार वार्षिक साधारणसभा डोकेको हो। सभामा बिहान ११ बजेबाट काठमाण्डौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित चुक्तापुँजीको १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र बाँकी ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सोही सभाले कम्पनीको प्रबन्धपत्रको दफा ३ मा कम्पनीको उद्देश्यअन्तर्गत ‘सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने, गराउने’ थप गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही वैशाख २६ गतेदेखि साधारणसभा हुने दिन अर्थात जेठ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख २५ गतेसम्म कायम सेयरधनीहरुमा यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।