काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य आज समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रभु इन्स्योरेन्सको मूल्य समायोजन गर्दै प्रतिकित्ता ८८४ रुपैयाँ कायम गरेको हो। यसको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ९७२ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

लाभांश र वाषिृक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज वैशाख २६ गतेबाट जेठ ६ गतेसम्म बुक क्लोज गरेको छ। यसको अर्थ आज वैशाख २३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। किनकि वैशाख २४ शुक्रबार र वैशाख २५ शनिबार (धितोपत्र कारोबार हुँदैन) परेको थियो। 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद (लाभांश कर प्रयोजनार्थ) रहेका छन्। 

प्रस्तावित लाभांश कम्पनीको आउँदो जेठ ६ गते हुने २५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।