काठमाण्डौ। नेपाली पुँजी बजारमा अग्रणी क्यापिटलका रुपमा पहिचान कायम गरेको प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीको वृत्तिविकास तथा क्षमता अभिवृद्धिका लागि एकदिने टिम बिल्डिङ तथा मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न गरेको छ। 

हिजो शनिबार काठमाण्डौको ग्रान्ड नोर्लिङ होटेल तथा रिसोर्टमा एक्जिओम नेपालको सहयोगमा तालिम कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा प्रभु क्यापिटलका ४० जना कर्मचारीहरुको सहभागिता थियो। 

तालिम कार्यक्रम एक्जिओम नेपालका तर्फबाट प्रशिक्षक इन्द्रबहादुर गुरुङ तथा सञ्जीव काफ्लेले सञ्चालन गरेका थिए। तालिमअन्तर्गत कर्मचारीहरुलाई समूह निर्माणका साथै समूहको महत्व एवं समूहको भ्यालुका साथै कार्यस्थलमा कार्यसम्पादन गर्दा ग्राहकसँग गर्नुपर्ने व्यवहारका साथै समुहमा कार्यगर्दा लक्ष्य प्राप्ति गर्ने माइनडसेटका कसरी कार्य गर्ने भन्नेबारेमा प्रशिक्षण दिएका थिए। 

कार्यक्रमको अन्त्यमा क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले कर्मचारीलाई नयाँ आर्थिक वर्षका लागि कम्पनीले लिएको लक्ष्यका साथै कम्पनीको आगामी कार्यदिशाका बारेमा जानकारी दिएका थिए।