काठमाण्डौ । प्रभु बैंकले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। 

बैंकले टेलरदेखि अफिसरसम्म पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। टेलर पदमा केही कर्मचारी थप्ने बैंकको तयारी छ। यो पदका लागि कम्तीमा द्वितीय श्रेणीमा व्यवस्थापन विषयमा प्लस टु गरी कम्प्युटरमा दक्ष हुनुपर्नेछ। 

यसैगरी म्यानेजमेन्ट ट्रेनीमा पनि बैंकले केही कर्मचारी माग गरेको छ। यो पदमा दरखास्त दिन प्रथम श्रेणीमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। 

बैंकले असिस्टेन्ट पदमा भने ५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। यो पदमा दरखास्त दिन व्यवस्थापनमा कम्ती द्वितीय श्रेणीमा स्नातक गरेको हुनुपर्नेछ। 

यसैगरी बैंकले सुपरभाइजरमा ४ जुनियर अफिरमा ३ जना र फिसरमा २ जना कर्मचारी भर्ना गर्ने भएको छ। यी सबै पदका लागि व्यवस्थापनमा कम्तीमा द्वितीय श्रेणीमा स्नातक गरेको हुनुपर्नेछ भने अंग्रेजी र नेपाली भाषामा लेख्न र बोल्न दक्ष हुनुपर्नेछ।  

इच्छुक उम्मेदवारले यही अगस्ट ९ तारिखसम्म बैंकको वेबसाइटमा गई अनलाइन आवेदन दिनुपर्नेछ। 

थप जानकारीका लागि तलको सूचनामा हेर्नुहोस् –