काठमाण्डौ । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक सम्झौता अनुमोदन गरेको छ।

बैंक सञ्चालक समितिको हिजो बिहीबार साँझ बसेको बैठकले उक्त फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो। बैठकले बैंकको मर्जर/एक्विजिसन (प्राप्ति) समितिको सिफारिसबमोजिम नेपाल राष्ट्र बैंकबाट ग वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त उक्त फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता अनुमोदन गरिएको प्रभु बैंकले जनाएको छ। 

यो फाइनान्स मुख्य कार्यालय काठमाण्डौको बत्तीसपुतलीमा रहेको छ।