काठमाण्डौ । प्रभु बैंकले ‘पढ्दै कमाउँदै’ योजनाअन्तर्गत गुडलक सेभिङ अकाउन्ट खोल्ने विद्यार्थीहरुका लागि विभिन्न अफर ल्याएको छ। 

यस योजनाअन्तर्गत नयाँ खाता खोल्ने विद्यार्थीका लागि बैंकले १०० रुपैयाँ बोनस उपलब्ध गराउनेछ। 

त्यसैगरी यही योजनाअन्तर्गत नयाँ खाता विद्यार्थीले डिम्याट अकाउन्ट र मेरो सेयर निःशुल्क रुपमा खोल्न पाउनेछन्। ई–बैंकिङ, मोबाइल बैंकिङ र डेबिट कार्ड पनि विद्यार्थी निःशुल्क पाउनेछन्। 

यस योजनाअन्तर्गत एबीबीएस सेवा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ। 

बैंक यो योजना करिब डेढ वर्षदेखि सुरु गरेको हो। बैंकले १६ वर्ष माथिका र स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई लक्षित यो योजना सुरु गरेको हो। विद्यार्थीहरुको बचतको विकास गराउन सिकाउँदै त्यसरी भएको बचतलाई लगानीमा रुपान्तरण गरी ससानो बचतबाट पनि लगानी सुरुआत गर्न सकिन्छ मुख्य उद्देश्य बैंकले राखेको छ। 

यस्तो लगानीबाट विद्यार्थीले आफ्नो विद्यार्थीकालमै पढ्दै कमाउँदै जान सक्ने सीप र दक्षताको विकास गर्न सकिन्छ भन्ने अभिप्रायका साथ वित्तीय साक्षरता र लगानी सचेतनासहितको कार्यक्रम सुरुआत गरिएको बैंकले जनाएको छ। 

हाल सरकारले पनि बजेटमार्फत अगाडि यो कार्यक्रम अघि सारेको छ। यसबाट सबै लक्षित वर्गलाई लाभ हुने बैंकको विश्वास छ।