काठमाण्डौ । नेपाली पुँजी बजारमा चिरपरिचित प्रभु क्यापिटलले आफ्नो प्रडक्ट तथा सेवाहरुलाई निरन्तर ग्राहकको अपेक्षाअनुरुप विस्तार गर्दै लगेको छ। ती विभिन्न सेवा तथा प्रडक्टमध्ये प्रभु क्यापिटलले प्रदान गर्ने एउटा प्रमुख सेवा लगानी व्यवस्थापन सेवा हो।

यसअन्तर्गत हाल महिला लगानीकर्तालाई मात्रै लक्षित गरेर यसपालिको तीजका अवसरमा प्रभु ऐश्वर्य पीएमएस योजनाको सुरुआत प्रभु क्यापिटलले गरेको भने सबै प्रकारका लगानीकर्ताका लागि प्रभु स्मार्ट पीएमस योजना सञ्चालनमा रहेको छ।

प्रभु क्यापिटलले आज भदौ २९ गते बाल दिवसको अवसर पारेर स–साना नानीबाबरुलाई लक्षित गरेर उनीहरुका लागि ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजनाको सुरुआत गरेको छ। 

यस योजनाअन्तर्गत प्रभु क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोराछोरीको सुरक्षित भविष्यका लागि लगानी गर्न चाहने सेवाग्राहीलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्नेछ। यो योजनामा नानीबाबुहरु पीएमएस सेवा लिनका लागि जोडिएपश्चात क्यापिटलले एउटा पीएमएसबापत १ जना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्नेछ। 

प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्ना तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुआत गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्ज्वल भविष्यलाई लक्षित गर्दै यो लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा सहयोगी बन्न सक्नेछ। 

‘हजुरको छोराछोरीका लागि लगानीसँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मूल नारासहित सञ्चालन गरिने यो योजनालाई प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्नेछ। 

यस योजनाका विशेषताहरु

  • न्यूनतम लगानी अवधि : ५ वर्ष
  • हर्डल रेट : ८ प्रतिशत
  • वार्षिक व्यवस्थापन शुल्क (एएमसी) : २ प्रतिशत
  • मुनाफामा लाग्ने शुल्क : २० प्रतिशत
  • लक इन अवधि : ५ वर्ष
  • लक इन अवधिअगावै योजना बन्द शुल्क : ३ प्रतिशत
  • नाफा वितरण : न्यूनतम लगानी अवधिपश्चात

– गरिब तथा पिछडिएका बालबालिकालाई १ वर्षका लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले स्पोन्सर गर्नेछ। 

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरि रहेको शाखाबाट यो योजनामा सहभागी हुन सकिनेछ। यसरी सहभागी भएका सेवाग्राहीले आफ्नो लगानी व्यवस्थापन के–कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ। यो सेवाका बारेमा थप जानकारी लिन चाहने सेवाग्राहीले प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com का साथै फोन नं. ०१–५९७०२०० तथा मोबाइल ९८४००७६२०० मा सम्पर्क गर्नसक्नेछन्।