काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ।

प्रभु क्यापिटल सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज १६ गते आयोजना गर्ने निर्णय हो। सभा काठमाण्डौको ठमेलस्थित होटेल एलफ्ट छाया सेन्टरमा बिहान ११ बजेबाट हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। जसमा चक्तापुँजीको २२.३८८५ प्रतिशतले हुन आउने बोनस सेयर र १७.६१ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) रहेका छन्।

सभाले बोनस सेयर वितरणपछि क्यापिटलको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।