काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा ६४.६४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ६० करोड ९९ लाख २९ रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ८ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आय ७ करोड ५० लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिसम्म कम्पनीले ९ करोड ५५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १ करोड १३ लाख खुद दाबी भुक्तानी गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा २३.४२ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा ८ करोड ८ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ६ करोड १९ लाख रुपैयाँ सीमित बनेको छ।
कम्पनीको व्यवस्थापन खर्च १५.४६ प्रतिशतले वृद्धि १६ करोड ४१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १४ करोड २१ लाख रुपैयाँमा सीमित थियो।
कम्पनीको जीवन कोषको आकार बढेर २ अर्ब ६० करोड ९ लाख ७७ हजार ४३२ रुपैयाँ पुुगेको छ। गत वर्ष यही अवधिमा जीवन बीमा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो।
गत वर्ष यही अवधिमा २८ करोड ४१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ४१ करोड ९९ लाख रुपैयाँको उचाइमा पुुगेको छ।
दोस्रो त्रैमाससम्ममा कम्पनीको कुल काय बीमालेखको संख्या २ लाख ९९ हजार ४२१ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो संख्या १ लाख ६१ हजार ७५५ थियो।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ६.१९ रुपैयाँ, पीई अनुपात १०१.७५ गुणा र प्रतिसेयर नेटवर्थ १२२.५९ रुपैयाँ रहेको छ ।
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago