काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडबीच  मंगलबार बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौताअनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रभु लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किसोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् ।