काठमाण्डौ । प्रभू बैंक लिमीटेडले एकसाथ ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले बित्तीय क्षेत्रमा कार्यरत रही ‘क’ वर्गको बैंकमा काम गर्न चाहने र व्यवस्थापन पढेर बेरोजगार रहेकाहरुलाई समेत लक्षित गरी एकसाथ ६ दर्जन बढी कर्मचारी मागेको हो । 

सबैभन्दा बढी ब्राञ्च म्यानेजर, अपरेसन इञ्चार्ज र असिस्टेन्ट रिलेसनसीपका लागि कर्मचारी मागिएको छ । यी पदहरुतर्फ जुनियर अफिसर लेभलमा २० जना, अफिसर लेभलमा ५ जना र सिनियर अफिसर लेभलमा ५ जना मागिएको छ । 

यस्तै, ट्रेजरी अफिसरको रुपमा २ जना, एचआर अफिसर पदमा २ जना कर्मचारी मागिएको छ । रिलेसनसीप अफिसर तथा अपरेसन इञ्चार्ज पदतर्फ सुपरभाइजर लेभलमा १२  असिस्टेन्ट लेभलमा १६ कर्मचारी मागिएको छ । 

बैंकले केही ट्रेलर र सिएसडीमा काम गर्ने गरी जुनियर असिस्टेन्ट ट्रेनी समेत मागेको छ । यो पदमा आवेदन दिनका लागि अनुुभव चाहिदैन । दश जोड दुुई उत्तीर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन् । 

बैंकले इच्छुकहरुलाई आगामी २२ मार्चभित्र आवेदन दिन आग्रह गरेको छ । 

बैंकले प्रकाशित गरेको आवश्यकता सम्बन्धी सूचना यस्तो छ: