काठमाण्डौ ।  प्रभू लाइफ इन्स्योरेन्स लिमीटेडले आर्थिक वर्ष २०७६/७७ मा बिमा शुल्क आर्जनतर्फ १५२.७८ प्रतिशतको छलाङ मारेको छ । 

अघिल्लो वर्ष यही अवधिसम्म ४७ करोड ३८ लाखमा सीमित कुल बिमा शुल्क आर्जन बढेर यो वर्ष १ अर्ब १९ करोड ७८ लाखको उचाईमा पुगेको हो । 

कम्पनीले अघिल्लो वर्ष ३ करोड ८८ लाखमा सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आय बढाएर ९ करोड ३ लाखको उचाई चुमाएको छ ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी १ अर्ब २७ करोड ७ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको अम्दानी ४९ करोड २४ लाखमा सीमित थियो । 

यो अवधिमा कम्पनीले ८० लाख बढीको दाबीभुक्तानी गरेको छ । अघिल्लो वर्ष १७ लाख ५५ हजारको मात्र दाबीभुक्तानी गरेको थियो । 

समीक्षा अवधिमा कमप्नीको व्यय ५५ करोड ६० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो व्यय २४ करोड १० लाख रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिमा प्रभू लाइफको खूद्य नाफा ४ करोड ४४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ३ करोड ८१ लाख रुपैयाँमा सीमित थियो । 

अघिल्लो वर्षसम्म ३४ करोड १३ लाखमा सीमित जीवन बिमा कोषको आकार बढाएर १ अर्ब ४ करोडको उचाईमा पुर्याएको कम्पनीले ७ करोड ७५ लाखमा सीमित जगेडा तथा कोषको आकार बढी १४ करोड ८९ लाखको उचाईमा पुगेको छ । 

अघिल्लो वर्षसम्म ८५ लाख ८५ हजारमा सीमित महाविपत्ति जगेडाको आकार बढेर १ करोड २६ लाख पुगेको छ । 

अघिल्लो वर्ष ३० हजार ७८३ मा कायम बिमालेखको संख्या बढाएर ९७ हजार ८७५ पुगेको छ । कम्पनीले यो वर्ष मात्रै ६७ हजार ९२ वटा बिमालेखको संख्या बढाउने सफलता पाएको देखिन्छ ।