काठमाण्डौ । नेपाल प्रहरीमा प्रहरी जवान पदमा ५ हजार ४४ जनाका लागि जागिर खुलेको छ ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग अन्तरगतको भर्ना तथा छनौट शाखाले एक सूचना जारी गरी ५ हजार ४४ जनाका लागि जवान पदमा भर्ना खुलाएको हो ।
शाखाका अनुसार सो पदमा खुल्लातर्फ २ हजार ९ सय ३४, आदिवासी जनजातितर्फ ७ सय ८६, मधेशीतर्फ ६ सय ७२, महिलातर्फ ४ सय ८०, दलित ३ सउ ६०, पिछडिएको क्षेत्रका लागि १ सय २१ जना जवानको माग गरिएको छ । यैगरी, अमर र अशक्त प्रहरी परिवारतर्फ १ सय ९ जनाले रोजगारीको अवसर प्राप्त गर्नेछन् ।
सूचना अनुसार प्रहरी जवान पदका लागि आगामी माघ २४ गतेदेखि आवेदन खुल्ने र फागुन ३० गतेसम्म दरखास्त दिने म्याद रहेको छ । काठमाण्डौमा महानगरी प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुरबाट दरखास्त फारम भर्न सकिनेछ । यसैगरी, पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्ज, सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल तथा सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुमा समेत दरखास्त फारम उपलब्ध हुने र त्यहाँबाट समेत इच्छुकले आवेदन दिन सक्नेछन् ।
शाखाले दरखास्त दस्तुर १ सय रुपियाँ तोकेको छ । एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारहरुको हकमा भने प्रत्येक समूहका लागि थप २० रुपैयाँको दरले दस्तुर जोडिइनेछ ।
प्रहरीको मानवस्रोत विभागका अनुसार जवान पदमा दरखास्त दिन कम्तीमा ८ कक्षा उतीर्ण हुनुपर्ने र उमेरको हकमा १८ बर्ष पूरा भई २३ बर्ष ननाघेको हुनुपर्नेछ ।
बेरोजगारी समस्याले आक्रान्त भई लाखौ युवा विदेशिइरहेको बेलामा प्रहरीले खुलाएको यति धेरै संख्याको जागिरको अवसरले थोरै भए पनि युवाहरुमा राहातको महसुस गराउने आँकलन गरिएको छ ।
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago