काठमाण्डौ । प्रहरी हिरासतमै आमरण अनसन बसेका सक्रिय लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्यस्थिति कमजोर बनेको छ। 

पुँजीबजार सुधार र विकासका लागि गठित संघर्ष समितिको अगुवाईमा लगानीकर्ताहरुले पूर्वघोषित कार्यक्रमअनुसार मंगलबार काठमाण्डौको भद्रकालीस्थित नेप्सेको कार्यालय घेराउ गर्न पुगेको थियो। त्यस क्रममा प्रहरीले हस्तक्षेप गर्नुका साथै संघर्ष समितिका संयोजक समेत रहेका तिलक कोइरालालगायत ५ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। 

सिंहदबार प्रहरी वृत्तमा राखिएका कोइरालाले हिजो मंगलबारै प्रहरी हिरासतभित्रै आमरण अनशन सुरु गरेका हुन्। बाँकी चारजना भने रिले अनशनमा बसेका छन्।

सक्रिय लगानीकर्ता रोहन कार्कीले प्रहरीले पक्राउ गरेलगत्तै हिजो दिउँसोबाटै कोइरालाले पानीसम्म नखाई आमरण अनशनमा बसेको बताए। ‘उहाँको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको छ’, उनले भने। 

विभिन्न १९ बुँदे माग राख्दै लगानीकर्ताहरु गत सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्।