काठमाण्डौ । कैलाश विकास बैंकको साधारणसभाले प्राइम बैंकसँग १ः ०.९४ को सेयर स्वाप अनुपातमा बिलय हुने निर्णय गरेको छ । 

शुक्रबार सम्पन्न २६औं वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो । योसँगै प्राइम बैंकको शुक्रबार नै सम्पनन १२ औं वार्षिका साधारणसभाले समेत कैलाशलाई सोही सेयर स्वाप अनुपातमा एक्वायर गर्ने निर्णयलाई अनुमोदन गरेको छ । दुवै बैंकको साधारणसभाबाट स्वीकृत भएपछि अब कैलाश विकास बैंक औपचारिक रुपमा प्राइम बैंकमा बिलय हुनेछ । केही साताभित्रै यी दुई बैंकले एकीकृत कारोबार सुरु गरिसक्नेछन् । 

कैलाश विकास बैंकको साधारणसभाले चुक्तापूँजीको १६प्रतिशत बोनस सेयर र २.७७ प्रतिशत नगद लाभांश गरी कुल १८.७७ प्रतिशत लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ । 

बोनस सेयर पारित भएसँगै कुल १०२ शाखा र ४० वटा एटिएम मार्फत देशभरि वित्तिय सेवा विस्तार गरेको बैकको चुक्तापुँजी झण्डै तीन अर्बको हाराहारीमा पुगेको छ । बैंकले हालसम्म रु.३४ अर्व निक्षेप संकलन गरी रु.२९ अर्व कर्जा प्रवाह गरेको जनाएको छ । 

उता, प्राइम बैंकको साधारणसभाले समेत चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर पारित गरेको छ। बैंकको हालको चुक्तापुँजी ९ अर्ब ३१ करोड रूपैयाँ छ। कन्काइ विकास बैंक प्राप्तिपछि बैंकको चुक्तापुँजी ९ अर्ब ६८ करोड रूपैयाँ पुगेको थियो । यही पूँजीमा १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको हो । कैलाश विकास बैंकलाई प्राप्ति गरी बोनस सेयर वितरणपछि चुक्ता पुँजी १४ अर्बको हाराहारीमा पुग्नेछ ।