काठमाण्डौ । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको आज बसेको बैठकले रिक्त सीईओ पदमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड अकाउन्टेन्ट मानन्धरलाई नियुक्त गरेको हो। नवनियुक्त सीईओ मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
सपथ ग्रहण समारोहमा अध्यक्ष श्रेष्ठले लामो समयदेखि प्राइम कमर्सियल बैंकमा आबद्ध नवनियुक्त सीईओ मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
स्थापनाकालदेखि नै बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि बैंकको कायममुकायम सीईओका रुपमा कार्यरत थिए। मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ।
तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु मानन्धरसँग राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरेको अनुभव रहेको छ।
2 minutes ago
20 minutes ago
39 minutes ago
44 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago