काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बोनस सेयरमात्र वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७०० रुपैयाँको १६ प्रतिशतले हुन आउने १ अर्ब ५४ करोड ९८ लाख ९६ हजार २७२ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ ।

प्राइमले कन्काई विकास बैंकलाई प्राप्ति गरी गत भदौ २९ गतेबाट एकीकृत कारोबार सुरु गरेको थियो ।