काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले रु. ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको छ । 

बैंकले ऋणपत्र निश्कासनका लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निश्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंकले १०.५ प्रतिशत ब्याजदरको आठ बर्षको समयवधिमा फिर्ता भुक्तानी गर्ने गरी रू.१,००० अंकित दरका ३५ लाख कित्ता बराबरको ऋणपत्र निश्कासन गर्न लागेको हो । जसमा २१ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ । 

माघ २२ गते सो ऋणपत्र निश्कासनका लागि निश्कासन तथा विक्रीप्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सम्झौतापत्रमा प्राइम कमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत नारायणदास मानन्धर र आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए । आरविविमर्चेण्ट बैकिङ्क लिमीटेड राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रही धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ्ग लिमिटेड हो ।