काठमाण्डौ । प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संयुक्त रुपमा घुम्ती बीमा सेवा सञ्चालन गरेका छन् ।
बीमा समितिद्वारा जारी शाखारहित घुम्ती बीमा सेवासम्बन्धी मार्गदर्शन–२०७६ मा व्यवस्था भएबमोजिम ग्राहकलाई घरदैलोमै बीमा सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती बीमा सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बर्दियाको ठाकुरद्वारामा आयोजित एक भव्य समारोहबीच घुम्ती बीमा सेवाको शुभारम्भ गरे । सोही अवसरमा अध्यक्ष चापागाइँले बीमालाई आमजनतामाझ सरल रुपमा जानकारी गराई बीमा सेवा उपलब्ध गराउन यस प्रकारका कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै जीवन तथा निर्जीवन बीमा व्यवसायका विभिन्न आयमका सम्बन्धमा आफ्नो धारण गरेका थिए ।
कार्यक्रममा एभरेष्ट इन्स्योरेन्सका कार्यकारी अधिकृत कमल गौतमले स्वगत मन्तव्य तथा प्राइम लाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जीवनबीमाका महत्वबारे आफ्नो धारण व्यक्त गरेका थिए ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
15 hours ago
15 hours ago