काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ सम्म कायम चुक्तापुँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार ७९७ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ३३ करोड ८८ लाख ३९ हजार ७७० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँबराबरको बोनस सेयर र ८ प्रतिशतले हुन आउने १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्दै सेयरधनीहरुलाई वितरण गरिने बैठकले निर्णय गरेको छ।