काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ७ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३७.५ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन २ करोड २३ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय ३३.२१ प्रतिशतले बढाएर ८६ करोड ८७ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष यस्तो आय ६५ करोड २२ लाख रुपैयाँ रहेको थियो।
यो अवधिमा कम्पनीको दाबी भुक्तानी ७७.८१ प्रतिशतले बढेर ८० करोड ६९ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो भुक्तानी ४५ करोड ३८ करोड रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ८.८० प्रतिशत बढेर ३९ करोड २८ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ३६ करोड १० लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढाएर १४ अर्ब ३६ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषको १० अर्ब ६६ करोड रुपैयाँमा सीमित थियो।
अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ५ करोड रुपैयाँको जगेडा तथा कोषको आकार घटेर ६२ करोड ५२ लाख रुपैयाँमा झरेको छ। त्यस्तै महाविपत्ति जगेडाको आकार १३ करोड १६ लाख रुपैयाँबाट बढेर १४ करोड ७६ लाख रुपैयाँको बनेको छ।
तेस्रो त्रैमासमा कम्पनीको नाफा २४.८७ प्रतिशतले बढेर २२ करोड ८६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा १८ करोड ३० लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको कुल कायम बीमालेखको संख्या २ लाख ३८ हजार ८३१ रहेको छ। गत वर्ष यही अवधिमा यो संख्या ३ लाख ३४ हजार ६२४ रहेको थियो।
चुक्तापुँजी २ अर्ब ४१ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२.६१ रुपैयाँ रहेको छ। पीई रेसियो ६९.३८ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.९८ रुपैयाँ रहेको छ।
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago