काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा निरन्तरता पाएका राजेन्द्र दास श्रेष्ठले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। 

नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहबीच अध्यक्ष श्रेष्ठले सपथ ग्रहण गरेका हुन्। उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

सपथ ग्रहण समारोहमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, निर्देशकहरु एवं बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको उपस्थिति रहेको थियो।  

बैंक सञ्चालक समितिको गत जेठ १४ गते बसेको बैठकले सञ्चालक समितिको सदस्यको पदावधि कायम रहेसम्म श्रेष्ठलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो।