काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १९ गते आयोजना गर्ने निर्णय गरेको हो।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ३६ लाख २५ हजार ५८६ कित्ता बोनस सेयर अनुमोदन गर्नेछ। बोनस सेयर कर प्रयोजनार्थ छुट्याइएको १ करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद लाभांश पनि सभाले पारित गर्नेछ।

कम्पनीको हालको चुक्तापुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँ रहेको छ।