काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक ७ जना निर्वाचित भएका छन्।

कम्पनीको आइतबार सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट संस्थापकबाट ४ जना, सर्वसाधारणबाट २ जना र १ जना स्वतन्त्र सञ्चालक चयन भएका हुन्। 

सभाले संस्थापक समूहबाट पियूषराज अर्याल, दिपेश अमात्य, डा सन्तोष अग्रवाल र प्रमिला केसी थापा, सर्वसाधारण समूहबाट राजीवप्रसाद प्याकुरेल र सुरज श्रेष्ठ तथा स्वतन्त्र सञ्चालक डा रेशम थापा चयन भएका छन्।