काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ।

बैंकले ‘प्राइम डिबेन्चर २०८४’ जारी गर्ने भएको हो। यो ऋणपत्र निष्कासनका लागि बैंकले आज (वैशाख २२ गते) नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै अनुमति मागेको छ। 

सेबोनले अनुमति दिएमा प्राइम बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ। 

यो ऋणपत्र पाँचवर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक १०.१५ प्रतिशत ब्याज पाउँछन्।

यो ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।