काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ।
कम्पनीले झन्डै २८ लाख कित्ता बढी संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले २७ लाख ७९ हजार ६१५.५८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको छ।
योसँगै अब कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व कायम भएको छ।
कम्पनीले बीमा समितिको स्वीकृतिपछि र १४ औँ वार्षिक साधारणसभाबाट पारित गरी कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो। यसअघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको थियो।
22 minutes ago
33 minutes ago
42 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago