काठमाण्डौ । अब प्राप्ति प्रक्रियाका क्रममा कम्पनी नाम परिवर्तन नहुने भएमा सेयर कारोबार रोक्का नहुने भएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) आज संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
प्राप्ति प्रक्रियामा यदि संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको सेयर कारोबार रोक्का राख्नुपर्ने नपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।
निर्देशिकामा गरिएको व्यवस्थाअनुसार अब एकीकृत कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्त गर्ने संस्था र गाभ्ने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरणलगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्ने उल्लेख छ।
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago