-अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयरबजारमा दसैं अगाडि हराएको रौनक यो साताको २ वटा सुरुवाती कारोबार दिनमा पनि आउन सकेको छैन । बिगत दश कारोबारलाई हेर्दा सेयर कारोबार रकम र भोल्युम दुवैमा गिरावट भएको देखिन्छ । बिगतका १० वटा कारोबार ५ अर्ब रुपैयाँभन्दा कमको देखिन्छ । यसले लगानीकर्ता 'पर्ख र हेर'को अबस्थामा भएको बुझिन्छ ।

आइतबारको कारोबारको तुलनामा सोमबार कारोबार बढे पनि नेप्से इन्डेक्स घटेको छ । क्याण्डल स्टिकको आधारमा आज कालो लामो मारुबुजु बनेकोले बजारमा थप अझै केही दिन बिक्री चाप पर्नसक्ने देखिन्छ । 

गत साता लामो दसैं बिदा परेकोले र कारोबार नभएकोले प्राबिधिक रुपमा पनि ठूलो फेरबदल नभएको देखिन्छ । आरएसआइ डाइभरजेन्स नै देखिन्छ । यो ३५ को तहमा भएकोले ओभरसोल्ड जोनको नजिक रहेको छ । यसले बजारमा बिक्री चाप परेको र लामो समय ओभरसोल्ड जोनमा रहन्छ भने यो बियरिसको पनि संकेत हो ।

इलिअट वेभका आधारमा 
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। यदि नेपलाको सेयरबजारलाई २९३ को बिन्दूदेखि अहिलेसम्मको चक्रलाई केलाएर हेर्ने हो भने र करिब १० बर्षको चक्रमा इन्टरमिडियट वेभको वेभ (१) १८८१ मा बनाएको देखिन्छ ।  वेभ (२) बनाउन बजार करेक्सन हुँदै १०९८ को बिन्दुमा बलियो टेवा लियर हाल इन्टरमिडिएट डिग्रीको वेभ (३) लगभग ३२०० सम्म पुगेको छ । जसलाई  हामीले भन्दै आएका छौ कि यो सबै भन्दा लामो र ठूलो हुन्छ । वेभ (४) भनेको करेक्सन हो जुन अहिले भइरहेको छ । सामान्यतय वेभ (४), वेभ (३) मा फिवोनासीको ३८.२ प्रतिशतसम्म करेक्सन हुन्छ भन्ने मान्यताको आधारमा हालको करेक्सन बजारले अझै केही अंक गुमाएर २४६० सम्म पनि आउनसक्छ । 

इलिअट वेभकै वेभ १ बराबर वेभ ५ पनि हुन्छ भन्ने सिद्धान्तलाई आधार मान्दा अब यहाँबाट बढेको बजार लगभग (२४६० प्लस १८८१) लगभग बजार ४३०० सम्म पुगेर वेभ (५) सकिन सक्छ । 

बोलिङ्गर ब्याण्ड 
यो ब्याण्डको आधारमा मूल्य रेखाले तल्लो ब्याण्डलाई छोएर फर्केको छ, लामो समयदेखि  मध्य ब्याण्डभन्दा माथि जान सकेको छैन । यसले बजार पटक पटक माथि जान खोजेको, तर नसकेको बुझिन्छ । आजको कारोबारमा पनि तल्लो रेखा र मध्यरेखाको बीचमा कालो लामो मारुबुजु मैनबत्ति बनेको छ। यसले बिक्री चाप परेको बुिझन्छ ।

सेयर भोल्युम
बजार घट्दै जाँदा कारोबार र सेयर भोल्युम क्रमशः हराउँदै गएको छ । यसले लगानीकर्ता पर्ख र हेरको अबस्थामा रहेको बुझिन्छ ।

एमएसीडीको आधारमा 
एमएसीडीको आधारमा बजार केही दिन पहिले सिग्नल लाइनले एमएसीडी लाइनलाई क्रसओभर गरेर बुलिस भएको देखिन्छ । हिस्टोग्राम पनि पोजेटिभ भएका छन् । यो आधामा बजार अझै पनि बुलिस नै भएको भन्न सकिन्छ ।

 आरएसआइको आधारमा 
बजारका हालको आरएसआइ ३५ को तहमा देखिन्छ । केही हप्ता पहिले २३ को तहमा पुगेर फर्किएको यो बिन्दु पुन ३० भन्दा माथि नै रहेर डाइभरजेन्स भएको छ । यसले पेनिक सेल हराएको भनेर बुझ्न सकिन्छ ।

पिभट प्वाइन्ट

बजार बढेमा
पहिलो प्रतिरोध २७०१
दोस्रो प्रतिरोध २७६२
तेस्रो प्रतिरोध २८०५
पिभोट पोइन्ट २६५८
बजार घटेमा 
पहिलो सर्पोट २६००
दोस्रो सर्पोट २५५४
तेस्रो सर्पोट २४९३


(नोट: सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिनसक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गर्नुपर्छ ।)