-धनकुमार राई
१२५० भन्दा माथि रहेर खरिदकर्ताहरुको बर्चश्व हाबी राख्ने प्रयास पछिल्लो साता असफल भएपछि नयाँ संकेत अनुसार फेरि साप्ताहिक लक्ष्य १२५० लाई जित्ने नै हुनेछ ।

पछिल्लो सप्ताहको उत्साहबाट प्राप्त सक्रिय कारोबारको प्रवाहले खुशी बनाएको उत्साहित नेपाली बजारमा दशैअघिको गत दुवै साता बजार दवाबमा रहेको देखियो । पछिल्लो साताको १३०० विन्दुलाई भेट्टाउने लक्ष्य असफल भई बिक्रीकर्ताहरुको दवाब हाबी राख्दै बजार १२८८ को उच्चस्तरबाट १२२८.२८ मा आइपुग्दा फेरी १२५० अंकको लक्ष्य पनि टाढै रहेको देखियो । 

यसरी दशै नजिकको कारोबारी साताहरुमा उद्देश्य अनुसारको लक्ष्य पूरा नभई सूुचकांकको गिरावटसँगै नाफा बुक भएको मान्न सकिन्छ भने यसलाई परम्पराबाट अछुतो नरही बजारले मान्दै आएको चाडपर्वको प्रभाव पनि भन्न सकिन्छ । यस्ता ब्यवहारिक पक्षहरुले बजारको कारोबार गतिलाई स्वभाविक प्रभावित गर्ने नै भए अनुसार बजार घट्न पुगेको पक्कै हो । यस्तो अवस्थामा हाम्रो प्राविधिक लक्ष्य ढिलो मात्र हुने, तर प्राप्त हुने निश्चित नै मानेर कारोबार निरन्तर गर्न कुनै कठिनाइ नहुने पनि निश्चितप्रायः नै देखिन्छ । यसरी बजारमा हाम्रो प्राविधिक सेटअप अनुसार प्राविधिक गणितको उपयोगले बजारमा रहेको दवाब अस्थायी र बजारको आउने दिनको लक्ष्य माथितिर नै स्थायी हुने मान्न सकिन्छ ।

यहाँ कारोबारको गणितअनुसार बिक्रीकर्ताहरुको दवाबको विपरीत गत साता सूचकांक बिन्दु १२१० भन्दा माथि स्थिर भएर बजारको बढोत्तरीलाई निरन्तर हुने आधार प्राप्त भएको छ  । बजारमा ११६२ देखि १२८८ सम्मको यात्रा पश्चात चित्रमा देखाएअनुसार ६१.८ प्रतिशतको रिट्रेसमेन्ट लिइसकेकोले बजार स्थिर रहँदै आफ्नो नियमित यात्रातिर फर्किनैपर्ने देखिन्छ । यसरी अझ पनि बजार १२०० बिन्दु भन्दा माथि दुरगामी लक्ष्य उन्मुख नै रहेको छ भने हामीले सम्झाइरहेको प्राविधिक Volome/Price Action को विश्वव्यापी प्रमाणित अभ्यासको म्याण्डेटअनुसार पनि बजारमा सट्टेबाजी प्रकृतिको कारोबारी अपरिपक्वता लगानीकर्ताहरुमा हाबी नहुने हो भने बजार स्वभाविक उतारचढावभन्दा माथि उठेर बुलिस दिशा तय गर्दै प्राविधिक संकेतको म्याण्डेट अनुसार नै १२५१ हुँदै १३०० देखि १४६० को लक्ष्य प्राप्त गर्नेमा लगानीकर्ताहरु ढुक्क बने हुने देखिन्छ ।

साप्ताहिक संकेतले पनि केही कमजोरीको सामना गर्ने देखिन्छ र माथितिर नै हाबी रहने संकेत केही कमजोर रहेको हुनाले साप्ताहिक Stochastic Oscilators ले पनि बजारको उकालो यात्रालाई %d –/FTF] लाईनले %k  हरियो लाईनलाई Oversbought सिमानाबाट पोजिटिभ क्षेत्रभित्र नै  क्रस गर्दै रहेकोले प्राप्त बजारमा दवाब रहनसक्ने देखिन्छ । 

Daily MACD : Daily chart मा प्राप्त MACD bearish Crossover को Zero line भन्दा माथि तिर र हिस्टोग्राम चार्ट पनि नकारात्मक क्षेत्रतिर diverge हुँदा बजार केही दिन दवाबबाट मुक्त बन्न संघर्ष गर्नुपर्नेे देख्न सकिन्छ । 

NEPSE MonthlyCANDLESTICK CHART : Triangle Limit को तल्लो भागभन्दा माथि नै बजार फर्किसकेकोले प्राविधिक सेटअप अनुसार बजारको उकालो यात्रा सुनिश्चित बन्दै गएको देखिन्छ । कुनै Dominant fundamental factor को जन्म नभएमा प्राविधिक सेटअपले म्याण्डेट प्राप्त गर्ने अभ्यासमा शंका नगरी आउने साताको कारोबारमा भाग लिदै प्राविधिक गणनामा कारोबार निरन्तर गर्न सकिने देखिन्छ । 

माथि रेखाचित्र अनुसार, कारोबार दिर्घकालीन अवधिको ट्रेण्डभित्र नै रहेको तथा माथि chart मा Technical Trend line  सेटअप अनुसार  बजारको Long term Trend निलो ब्यान्ड(उकालोभित्रको रातो ब्यान्ड -secondary Trend, Bearish) देखिए पनि मुख्य ट्रेण्डलाइनको प्रभाव बुलिस रहेसम्म बजारमा सक्रिय खरिदकर्ता लगानीकर्ताहरुको नेतृत्व हाबी हुने मान्यताले म्याण्डेट प्राप्त गर्नैपर्ने जिकिर अनुसार बजारमा नयाँ प्राविधिक संकेतहरुको विकास हुँदैछ भन्न सकिन्छ। 

समाचारसँग सम्बन्धित ग्राफ तथा चार्ट  प्राविधिक कारणले अपलोड हुन ढिलाई भइरहेको छ, प्रतिक्षा गर्नुहोला ।