काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याउने तयारी गरिरहेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाँचौँ र छैटौँ वार्षिक साधारणसभा (एजीएम) एकैपटक डाकेको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित याक एन्ड यती होटेलमा अपराह्न ४ः३० बजेबाट सुरु हुनेछ।
सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै नियमनकारी निकायबाट संशोधन सम्बन्धमा कुनै सुझाव वा निर्देशन एमा सोलाई समाविष्ट गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
कर्पोरेट कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।
सन नेपाल लाइफको आईपीओ अहिले नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा रहेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले प्रतिकित्ता २५०.५५ रुपैयाँ (प्रिमियम १५०.५५ रुपैयाँ)का हिसाबले ९६ लाख कित्ता आईपीओ बिक्री गर्नेछ।
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago
19 hours ago