काठमाण्डौ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले प्रिमियममा आईपीओ ल्याउने भएको छ।
कम्पनीले प्रिमियममा आईपीओ ल्याउने अजेन्डा पारित गर्न आफ्नो वार्षिक साधारणसभा डोकेको छ। कम्पनीले यही भदौ ३१ गते वार्षिक साधारणसभा कम्पनीको काठमाण्डौ त्रिपुरेश्वरस्थित कार्यालयमा बिहान ११ बजेदेखि गर्ने निर्णय गरेको छ।
सभाले विशेष प्रस्तावका रुपमा पेस हुने प्रिमियममा आईपीओ जारी गर्ने अजेन्डा पारित गर्नेछ। कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि नगद लाभांश (करसहित) पारित गर्नेछ।
28 minutes ago
58 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago