काठमाण्डौ । मर्जर प्रयोजनका लागि नेप्सेमा रोक्का रहेको प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ।
नेप्सेको आजको निर्णयबाट यी दुवै कम्पनीको आधारभूत सेयरधनीहरुबाहेकका अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा भएको हो। अब आउँदो आइतबारबाट यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ।
यसअघि नेप्सेले मर्जर प्रयोजनका लागि प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार गत असार २८ गतेबाट र प्रभु इन्स्योरेन्सको गत भदौ १ गतेबाट रोक्का राखेको थियो।
प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स तथा प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स मर्जर प्रक्रियामा छन्।
8 hours ago
8 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago