काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले सेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने प्रस्ताव हो। कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता सेयरपुँजीमा ११.०५ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।
34 minutes ago
44 minutes ago
1 hour ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
14 hours ago
14 hours ago
14 hours ago