काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको गत फागुन २६ गते बसेको बैठकले आउँदो चैत २३ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको हाल कायम चुक्तापुँजीको ११.०५ प्रतिशतले हुन आउने ११ करोड ८७ लाख ६७ हजार १५८ रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गर्नेछ। कम्पनीको चुक्तापुँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको छ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १० गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।
35 minutes ago
47 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
15 hours ago
15 hours ago