काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले नागरिक लगानी कोष (सीआईटी) मा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर आज बुधबारदेखि लिलामीमा राखेको छ।
प्रिमियर इन्स्योरेन्सले सीआईटीमा रहेको आफ्नो स्वामित्वको कुल १ लाख ३ हजार ७०० कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ३५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ।
यो लिलामी सेयरमा इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले बोलपत्र पेस गर्न पाउनेछन्। न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
बोलपत्र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालयमा र नक्सालमा रहेको प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति चैत १९ गते बैंकिङ समयसम्म तोकिएको छ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago