काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले लिलामीमा राखेको झन्डै साढे ५ लाख कित्ता संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज असार २५ गते अन्तिम दिन रहेको छ।
कम्पनीले गत असार १६ गतेबाट ५ लाख ४८ हजार २५ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीका लागि राखेको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापकका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम सेयर संख्याका लागि भने कुनै हद लाग्ने छैन।
धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र एनआईसी एसिया क्यापिटलको काठमाण्डौको बबरमहलस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।
39 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago