काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ। 

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा ७.५ प्रतिशतले हुन आउने ८ करोड ५ लाख ९२ हजार रुपैयाँबराबरको बोनस सेयर र ७.५ प्रतिशतले हुन आउने ८ करोड ५ लाख ९२ हजार रुपैयाँबराबरकै नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।