काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले संस्थापक समूहको सेयर आज पुस २६ गतेबाट लिलामीमा राखेको छ।

कम्पनीले संस्थापक समूहको ५ लाख ३८ हजार ९६५ कित्ता सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम ५०० कित्ता र अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडको काठमाण्डौको बबरमहलस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो माघ ७ गते बैंकिङ समयसम्म तोकिएको छ।